दमौली २१ भदौं । गरिबी र प्रलोभन नै मानव वेचविखनको प्रमुख कारण भएको आइतबार दमौलीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवसका अवसरमा महिला तथा बालबालिका कार्यालय तनहुँद्धारा आयोजना गरिएको मानव वेचविखन विरुद्ध राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी मोहनकुमार आचार्यले अज्ञानताका कारण मानव वेचविखनका घटना बढि रहेको हुँदा मानव वेचविखन सम्बन्धी विषय आम सर्वसाधारणलाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै एसपी आचार्यले महिलाहरुले सचेत भएको खण्डमा मानव वेचविखनका संख्यामा निकै कमि आउने बताएका थिए ।
त्यसैगरी महिला विकास अधिकृत एवं मानव वेचविखन ओसापसार नियन्त्रण जिल्ला कार्य समितिकी सदस्य सचिव रमा अधिकारीले मानव वेचविखन जघन्य अपराध भएको हुँदा यो अपराध न्यूनीकरण गर्नका लागि समाजका सबै पक्ष एक हुनुपर्नेमा जोड दिएकी थिइन ।साथै मानव वेचविखनका जालो तल्लो तह मात्र नभई माथिल्लो तहसम्म रहेको महिला विकास अधिकृत अधिकारीको भनाई थियो ।
त्यस्तै जिल्ला महिला समन्वय समितिकी उपाध्यक्ष मिरा जोशीले पनि ग्रामीण भेगमा रोजगारको अवसर नहुँदा महिलाहरुको वेचविखन हुनेक्रम बढि रहेको बताएकी थिइन् । यद्यपी २०४६ सालको परिवर्तन पछि वेचविखनको संख्यामा कमि आएको जोशीको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारीले सचेतनाको अभावका कारण वेचविखनका घटना बृद्धि हुन पुगेको हुँदा मानव वेचविखन न्यूनीकरण सम्बन्धी सचेतना जगाउनु पर्नेमा जोड दिएका थिए ।



0 Comments
You can be the first one to leave a comment.