
दमौली ६ जेठ । व्यास ११ स्थित मदन सरावगीले सञ्चालन गरेको ढुङगा खानीको सिमाङकनमा आलटाल गर्न लागिएको छ ।
यस अघि सरावगीद्धारा सञ्चालित खानी सिमाङकन गरेर पुनः सञ्चालन गर्ने भनि नगरपालिकाले तत्कालका खानी सञ्चालनमा रोक लगाएको थियो । सो अनुरुप नगरपालिकाबाट सिमाङकनका लागि अमिन खानी भएको स्थानमा गएको भएपनि नापीको अमिन उपस्थित नभएको हुँदा सिमाङकन प्रक्रिया त्यतिकै स्थगित हुन पुगेको बुझिएको छ । एकातिर सिमाङकनमा आलटाल गरिएको छ भने अर्कोतर्फ पुनःखानी सञ्चालनको तयारी भईरहेको बुझिएको छ ।जसले गर्दा नगरपालिकाको कार्यशैली माथि समेत प्रश्न चिन्ह उब्जिन पुगेको छ ।
जनप्रतिनिधीले माल पाएर चाल पाएनन
यसैबीच यो घटनाबाट व्यास नगरपालिकाका जनप्रतिनिधीहरुले माल पाएर चाल पाउन नसकेको प्रस्ट भएको छ । निकै महङगो बिक्ने ढुङगा कौडीको भाउमा जाँदा समेत त्यसतर्फ नगरपालिकाका जनप्रतिनिधीले कुनै चासो नदिएको नगरबासीहरुको भनाई रहेको छ ।



2 Comments
यो कुन ढुङ्गा खानि हो ?