
दमौली ८ चैत । नेपाली काग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।
खड्काको हाल भारतको एपोलो अस्पतालमा आइसियूमा राखेर उपचार भईरहेको छ । खड्कालाई केही समय अगाडि उपचारका लागि भारत लगिएको थियो । यसैबीच स्वास्थ्य गम्भीर भएका खड्कालाई भेट्नका लागि काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी आज साँझ दिल्ली जाँदै छन् ।



0 Comments
You can be the first one to leave a comment.