29547528_10155454846474607_653374696_n

नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारको बारेमा भारत सरकारले चासो व्यक्त गरेको छ ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको हो । एपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले प्रधानमन्त्री कार्यालयका तर्फबाट सोधिएको बताए ।

 

नेपालसँगै जोडिएको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खङ्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका छन् । एपोलोका प्रबन्ध निर्देशक वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । वाजपेयीले आफ्नो मोवाइलमा मेसेज देखाउँदै भने, ‘ नेताजीको बारेमा बिभिन्न व्यक्तिले चासो रारवेका सन्देशले मेरो मोवाइल भरिएको छ ।’

 

खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली आइपुगेका छन् ।

खड्काको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरू र प्रवन्ध निर्देशक डा वाजपेयीले उनको अवस्थाको बारेमा काँग्रेस नेताहरूलाई जानकारी गराएका थिए ।

 

अस्पतालमा रहेका बिरामी मध्ये विशेष ध्यान दिएर खड्काको उपचार गरिरहेको प्रवन्ध निर्देशक बाजपेयीले बताए । काठमाडौँबाट उपचारमा ल्याउँदा नै रहेको टाउकोमा संक्रमण केहि घटेपनि छाती र कलेजोमा रहेको संक्रमण घटाउनेतर्फ उपचार भइरहेको अर्का चिकित्सक सन्दिप गुलेरियाले बताए ।

 

खड्काको मृगौला ट्रान्सप्लान्ट एपोलोमै करिब साँढे दुई वर्ष अघि भएको थियो । खड्काको ३७ दिनदेखि एपोलोमा उपचार भइरहेको छ । खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको अनुभवी टीम लागेको छ ।

 

नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको छ । परिवार र निकटहरूलाई पनि सिसा बाहिरबाट मात्रै हेर्ने व्यवस्था मिलाइएको छ ।

काँग्रेस नेताहरु भण्डारी र लेखकले मंगलबार र बुधबार खड्काको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए लगत्तै पार्टी सभापति शेरबहादुर देउबालाई जानकारी गराएका थिए। काँग्रेस केन्द्रीय समितिको वैठकले दुई नेतालाई खड्काको अवस्थाको बारेमा जानकारी लिन दिल्ली पठाएको हो ।

दिल्लीमा काँग्रेस नेताहरु खडकाको अवस्थाको बारेमा जानकारी लिन पुग्ने क्रम जारी छ । सांसद रमेशजंग रायमाभी एक हप्तादेखि दिल्लीमा छन् ।

 

दिल्ली आएर फर्किएका डा शेखर कोइराला र डा नारायण खड्काले काँग्रेस केन्द्रिय समिति वैठकमा खडकाको स्वास्थ्य अवस्था बारेमा पार्टीले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

 

खड्काका निकट सहयोगी चुडामणी कंडेलले दिल्ली आएरै स्वास्थ्य अवस्थाको जानकारी लिन दैनिक दर्जनौ नेता कार्यकर्ता र शभेच्छुकहरू आइरहेको बताए । दिल्ली आएर स्वास्थय लाभको कामना गर्नेलाई एक पुस्तिकाको व्यवस्था गरिएको कंडेलले जानकारी दिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment