दमौली २७ भदौं । तनहुँको सदरमुकाम दमौलीमा क्रियापुत्री भवन निर्माण गर्ने विषयमा सबै एक हुनुपर्नेमा दमौलीबासीले जोड दिएका छन् ।
दमौलीमा क्रियापुत्री भवनको अभाव भएको विषयलाई सेतीमादी दैनिकले ऊजागर गरेपछि दमौलीबासीले सो कुरामा जोड दिएका हुन् ।
दमौलीमा क्रियापुत्री भवन अत्यन्त आवश्यक रहेको हुँदा निर्माणका लागि सबै मिलेर पहल गर्नुपर्ने जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेलको भनाई रहेको छ । त्यस्तै क्रियापुत्री भवन अति आवश्यक भएको हुँदा निर्माण तर्फ सबैले ध्यान दिनुपर्ने साहित्यकार पुष्पलता आचार्यको भनाई रहेको छ। यस विषयमा आफूले समेत सक्दो सहयोग साहित्यकार आचार्यको भनाई रहेको छ । त्यस्तै तनहुँ उद्योग वाणिज्य संघको महासचिव बैकुण्ठ मिश्र यो विषय अत्यन्त महत्वपूर्ण विषय भएको हुँदा उपयुक्त जग्गा खोजी गरी जति सक्दो छिटो निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउँछन् ।
त्यस्तै दमौली निवासी भगवती लम्साल डेरामा बस्ने कुनै व्यक्तिको मृत्यु अवस्थामा घरबेटीले क्रियाबस्न नदिने समस्या भएको हुँदा क्रियापुत्री भवनको अपरिहार्यता बढ्दै गएको बताउँछिन् । यो विषय अत्यन्त सान्र्दभिक हुँदा बेलैमा ध्यान दिनुपर्ने लम्सालको भनाई रहेको छ ।
त्यस्तै लायन्स क्लव अफ तनहुँ व्यास सिटीका अध्यक्ष राजकुमार श्रेष्ठ व्यास नगर पालिका र जिल्ला समन्वय समिति तनहुँले जग्गा उपलब्ध गराएको खण्डमा दमौलीमा रहेका लायन्स क्लवहरुले क्रियापुत्री भवन निर्माणमा अग्रसरता देखाउने बताएका छन् । त्यस्तै दमौली स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका उत्तम भट्राईले समेत क्रियापुत्री भवन निर्माण गर्नु जरुरी रहेको बताएका छन् । भट्राई आफू समेत सहयोग गर्न तयार रहेको र प्रति घर एक हजारका दरले रकम उठाएको खण्डमा निर्माण कार्य अगाडि बढाउन समेत समस्या नहुने भट्राईको भनाई रहेको छ ।
त्यस्तै शिक्षक रामजी तिमिल्सेना समेत क्रियापुत्री भवन अति आवश्यक भएको हुँदा निर्माणमा सबैले बल पुरयाउनुपर्ने सुझाव व्यक्त गर्दछन् । त्यस्तै फेसबुक मार्फत हर्क कार्की क्रियापुत्री भवन निर्माणका लागि आफू १० हजार सहयोग गर्न तयार रहेको बताउँछन् । त्यसैगरी व्यास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ समेत अत्यन्त राम्रो विषय भएको हुँदा सहयोग गर्न आफू समेत तयार रहेको बताउँछन् । यसैबीच व्यास १ गल्बुवेशी निवासी प्रकाशचन्द्र हड्खले दमौलीमा क्रियापुत्री भवनका अलवा शववाहनको समेत अभाव खड्किएको बताउँछन् । शववाहनको अभाव हुँदा घाटसम्म शव लैजान समस्या पर्दे जान थालेको हड्खलेको भनाई रहेको छ ।



0 Comments
You can be the first one to leave a comment.