दमौली १६ असार । तनहुँको ऋषिङ गाउँपालिका वडा नं ४ निवासी क्यान्सर पीडित मधुमाया रानाभाटलाई सहयोग जुट्नेक्रम जारी रहेको छ ।
यसैक्रममा रानाभाटको उपचारका लागि व्यास ३ देउराली नगर भएका मनराज रानाभाटको पहलमा क्यान्सर पीडित मधुमायाको उपचारका लागि ३६ हजार ६ सय ८३ रुपैयाँ सहयोग प्राप्त भएको छ ।त्यसैगरी हाल कुवेतमा रहेका व्यास ३ देउराली नगर निवासी शंकर पराजुली(अरुण शर्मा )ले क्यान्सर पीडित मधुमायालाई २ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् । यसअघि क्यान्सर पीडित मधुमायाको उपचारका लागि साउदी अरबबाट रामबहादुर बि.क.ले ५२ हजार ६ सय ५९ रुपैयाँ संकलन गरेर परिवारलाई पठाएका थिए । सहयोगदाता सबैलाई मधुमाया र उनका परिवारजनले धन्यवाद दिएका छन् । साथै अन्य सहयोगी हातहरुबाट सहयोगको अपेक्षा समेत गरेका छन् ।
क्यान्सरपीडित मधुमाया हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । क्यान्सर पीडित मधुमायाको दूधे बालिका समेत रहेकी छन् ।




0 Comments
You can be the first one to leave a comment.