दमौली ६ असोज । संविधान जारी भएसगै यतिबेला जतासुकै भावि सरकारको विषयलाई लिएर वहस हुन थालेको छ ।

राजनीतिक वृतमा भावी सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्माले गर्ने लगगभ पक्का पक्की जस्तै रहेको छ । सम्भवतः सत्ता समिकरणमा कुनै दरार उत्पन्न भएन भने नेपाली काग्रेस समेत ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै छ ।

नयाँ सरकारको वहस सुरु भए सगै तनहुँको सदरमुकाम दमौली र जिल्लाको अधिकांश ठाउँहरुमा तनहुँबाट यसपटक मन्त्रिमण्डलमा को पर्ला भनेर चर्चा परिचर्चा सुरु हुन थालेको छ । संख्याका हिसाबमा हेर्ने भने काग्रेसबाट काग्रेस उपसभापति रामचन्द्र पौडेल, काग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी , जिल्ला सभापति धु्रव वाग्ले ,रामचन्द्र पोखरेल र झुलबहादुर आलेले संसदमा प्रतिनिधित्व गरेको अवस्था छ । त्यस्तै एनेकपा माओवादीबाट आशा कोइराला र माओवादीको कोटाबाट जनकराज जोशी तथा  नेकपा एमालेका तर्फबाट टुकराज सिग्देल र जनमुक्ति पार्टीबाट शिवलाल थापाले संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।

यि मध्ये  काग्रेस उपसभापति पौडेल बाहेक सबैलाई सरकारी गाडीमा राष्ट्रिय झण्डा हल्लाए जिल्ला आउने धोको सबैलाई छ ।तर सरकारी गाडीमा झण्डा हल्याएर आउने धोको सबैलाई भएपनि केहीलाई मात्र त्यो अवसर मिल्ने सम्भावना देखिएको छ ।

त्यसमा सबैभन्दा बढी सम्भावना काग्रेस केन्द्रिय सदस्य एवं संसद सदस्य शंकर भण्डारी रहेको देखिएको छ । उनको राजनीतिक जीवनलाई नजिकबाट नियाल्नेहरु भण्डारीका लागि मन्त्रि बन्ने उपयुक्त अवसर  अहिल्यै भएको बताउँछन। यो अवसरलाई भण्डारीले कुनै पनि हालतमा गुम्न दिन नहुने समेत  उनको राजनीतिक जीवनलाई नियाल्नेहरुको भनाई छ ।

यता काग्रेस जिल्ला सभापति एवं सांसद  धु्रव वाग्लेलाई पनि झण्डा हल्लाएर गृह आउने धोको छ । त्यस्तै काग्रेसका अर्का सभासद रामचन्द्र पोखरेललाई पनि झण्डा हल्लाएर गृह जिल्ला आउने धोको छ । त्यस्तै मौकामा चौका मिल्यो भने काग्रेसका सभासद झुलबहादुर आलेलाई समेत सहायक मन्त्री भएर  भएपनि झण्डा हल्लाएर आउने धोको छ । काग्रेसका सभासदहरुलाई जस्तै झण्डा हल्लाएर जिल्ला आउने धोको एमालेका सांसद टुकराज सिग्देल तथा एनेकपा माओवादीका सांसदद्धय आशा खनाल र जनकराज जोशीलाई समेत रहेको छ । त्यसका लागि उनीहरुले पार्टी ठूलो कसरत गर्नुपर्ने जिल्लाबासीको भनाई रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment