32440663_2011943922389551_1611893611211784192_n

जेष्ठ नागरिकलाई औषधि वितरण
स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएको एक बर्ष पुगेको उपलक्ष्यमा मध्यनेपाल नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि समेत वितरण गरेको छ ।
यसक्रममा नगरपालिकाले नगरपालिकाको वडा नं ७ लक्ष्मी बजारमा नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ परीक्षण तथा औषधि वितरण गरेको छ । सो अवसरमा मध्यनेपालका नगरप्रमुख रमेश पाण्डेले औषधी वितरण गरेका थिए ।

32785054_2012767172307226_3410462890702929920_n
विद्यार्थीका समस्या बुझ्दै नगर प्रमुख पाण्डे
मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको समस्या बुझ्नका लागि विद्यार्थी माँझ पुग्ने गरेका छन् ।
खासगरी प्रमुख पाण्डे सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले भोग्दै आउनु परेको शैक्षिक र शैक्षिक भौतिक समस्याका बारेमा जानकारी लिनका लागि विद्यार्थी माँझ पुगेका हुन् ।यसका अलावा खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापका विषयमा समेत जानकारी लिनका लागि प्रमुख पाण्डे विद्यार्थीहरु माँझ पुग्ने गरेका हुन् ।यसक्रममा नगर प्रमुख पाण्डे मंगला मा.वि. र कुस्माकर मा. वि.का विद्यार्थी माँझ पुगिसकेका छन् । आफूहरुको समस्या बुझ्न नगर प्रमुख स्वयं विद्यालयमा आउँदा विद्यार्थीहरु समेत हर्षित हुन पुगेका छन् ।

32191777_2010486445868632_27497664824213504_n

 

तटबन्ध कार्यलाई प्राथमिकता
मध्यनेपाल नगरपालिकाले तटबन्धन कार्यलाई प्राथमिकता दिएको छ ।यसैक्रममा नगरपालिकाको वडा नं ७ मा निर्माणधीन श्यामसान घाट र मादीनदीमा तटबन्ध कार्य भईरहेको छ । उक्त स्थानमा तटबन्ध कार्य सम्पन्न भएसगै श्यामसान घाट संरक्षण हुने भएको छ ।

 

1 Comment

  1. Subash adhikari says:

    यथार्थ कुरा पत्ता नलगाई कसैको व्यक्तिगत चरित्र हत्या गर्नु मात्र सामाजिक संजाल काम होइन सधै गैरजिम्मेवारीी होइन जिम्मेवारी बन्न सिक्नुस

Leave a Reply to Subash adhikari