दमौली २४ असोज । कृषि कार्यालय तनहुँको आयोजनामा शुक्रबार कृषि विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
जिल्ला कृषि विकास कार्यालय तनहुँले दिएको जानकारी अनुसार व्यवसायिक कृषि पेशामा संलग्न कृषकहरुलाई कृषि विमा गरि आफ्नो व्यवसायको जोखिम न्यूनीकरण गर्न अभिप्रेरित गराउने उदेश्यले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।उक्त अवसरमा सम्पूर्ण कृषकहरुलाई अनिवार्य रुपमा विमा गर्न सुझाव समेत दिइएको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्ला विभिन्न स्थानका कृषकहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख राजेन्द्रकुमार मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा कृषि कार्यालयकी योजना अधिकृत शशी कार्यालय कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment