दमौली २५ फागुन । दिउँसोको समयमा तेस्रो दमौली महोत्सव खासै जम्न नसकेपनि साँझको समयमा भने दर्शकहरुले भरमग्दुर मनोरञ्जन लिएका छन् ।

यसैक्रममा महोत्सवको दोस्रो दिन कलाकार आशिष थापा लाहुरेको प्रस्तुतीमा दमौलीका दर्शकहरुले भरमग्दुर मनोरञ्जन लिए । लाहुरेको प्रस्तुती हेर्न दमौली र आसपासको क्षेत्रबाट ठूलो संख्यामा युवा पुस्ताहरु सहभागी भएका थिए । साँझ ८ बजे देखि लाहुरेको प्रस्तुती हुने भनिएपनि झण्डै साँढे ८ बजे देखि उनको प्रस्तुती सुरु भएको थियो । उनको प्रस्तुतीमा युवा पुस्ताहरुले खुलेर साथ दिएका थिए ।
यस अगाडिका महोत्सवमा दिउँसो समयमा हुने सांगेतिक प्रस्तुतीमा खुलेर मज्जा लिन नपाएका युवा पुस्ता साँझको समयमा खुलेर मज्जा लिन पाउँदा निकै हर्षित देखिएका थिए । दर्शकहरुको मागलाई मध्यनजर गर्दे यस किसिमको प्रस्तुती राखिएको महोत्सवका संयोजक राजकुमार श्रेष्ठ राकुले बताए । महोत्सव अवधिभर ४ दिन साँझको कार्यक्रम रहनेछ ।





0 Comments
You can be the first one to leave a comment.