दमौली २६ असोज । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको खुसीयालीमा एमाले तनहुँद्धारा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो ।

पार्टी कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका केन्द्रिय नेताहरु ,जिल्ला स्तरीय नेताहरु , विभिन्न राजनीतिक दलका प्रतिनिधी , एमाले कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य मायानाथ अधिकारीले एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले मुलुकले निकास पाउने बताएका थिए । त्यस्तै ओली प्रधानमन्त्रीमा निर्वाचित भएसगै भारतीय विस्तारवादले घुँडा टेकेको केन्द्रिय सदस्य अधिकारीको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्यद्धय पदमा अर्याल र पिएल श्रेष्ठले प्रमुख तीन दलबीचको सहमतिलाई काग्रेसले लत्याएर गम्भीर त्रुटी गरेको बताएका थिए । यद्यपी सहमति ,सहकार्य र एकताबाट काग्रेस टाढा भाग्न नहुने केन्द्रिय सदस्यद्धय अर्याल र श्रेष्ठको भनाई रहेको थियो । त्यस्तै कार्यक्रममा एमाले सल्लाहकार परिषदका सदस्य एकबहादुर रानाले ओलीको प्रधानमन्त्रित्वकालमा नेपाली जनताको परिवर्तनको अनुभूति गर्न पाउने धारणा राखेका थिए ।त्यस्तै कार्यक्रममा बोल्दै एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले एमाले तनहुँ सत्ताको मात लाग्ने पार्टी नभएको र सबै संग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।त्यसैगरी एनेकपा माओवादीका जिल्ला अध्यक्ष जगन्नाथ खनालले ओली नेतृत्वको वर्तमान सरकारले मुलुकको मुहार फेरिने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेस तनहुँका सह सचिव सहदेव अधिकारीले इतिहासको काल खण्ड देखि नेपाल र नेपाली जनताका लागि लड्दै आएको नेपाली काग्रेस वर्तमान समयमा प्रतिपक्षमा रहेपनि सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए । संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेको काग्रेसले संविधान कार्यान्वनको विषयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सह सचिव अधिकारीको भनाई थियो ।

एमाले तनहुँका अध्यक्ष केदार सिग्देलको सभापतित्वमा भएको कार्यक्रमा नेकपा माओवादीका सेक्रेटरी अतिन्द्रकेशरी न्यौपाने, राप्रपा नेपालका जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठ, फोरम लोकतान्त्रिका जिल्ला अध्यक्ष दीपक भट्राई, अखण्ड नेपालका केन्द्रिय सदस्य देवीबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी , एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,सचिव भगवती न्यौपाने र उपसचिव विष्णुभक्त सिग्देल लगायतले बोलेका थिए । सो अवसरमा एमाले कार्यकर्ताले खुसीयालीमा लड्डु समेत बाँडेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment