दमौली २४असोज । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दमौलीमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन गर्ने  भएको छ ।

सो कुराको जानकारी नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले शुक्रबार दमौली शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दिइएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका उप–मन्त्री हरिप्रसाद न्यौपानेले तनहुँमा आकस्मिक रक्तसंचार सेवा अपरिहार्य भएका कारण सेवा सञ्चालन गर्न लागिएको बताएका थिए ।साथै छिट्ै नै सेवा सञ्चालन गरिने समेत उप–मन्त्री न्यौपानेले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै दमौली अस्पतालका प्रमुख डा. पवनजंग रायमाझीले दुर्घटनाका घाइते ,गर्भवती महिला , प्रकृतिजन्य र मानवजन्य घटनामा अति रक्तश्राव हुने हुँदा आकस्मिक रक्तसञ्चारको अपरिहार्यता निकै रहेको बताएका थिए । त्यस्तै डा. रायमाझीले प्राविधिक सहयोग गर्नका लागि दमौली अस्पताल तयार रहेको समेत बताएका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment