दमौली १० फागुन ।
भानु नगरपालिका वडा नं १३ ठूलढुङगा स्थित अरनिको माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ ।
सो कार्यक्रमको नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । गुणस्तीय शिक्षाको अभावमा राज्यले दक्ष शक्ति प्राप्त गर्न नसकिराखेको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
यस क्षेत्रको शैक्षिक लगायत अन्य विकासमा आफूले विगतमा पनि ध्यान दिएको र भविष्यमा पनि ध्यान दिने समेत पूर्वमन्त्री भण्डारीले बताए । काग्रेस निर्वाचमा पराजित भएपनि जनताको मनमा भने रहि रहेको समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । सो अवसरमा बोल्दे विशिष्ट अतिथी जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङगले धनीलाई धनी बनाउने होइन ,गरीबलाई धनी बनाउने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर वानियाँ को सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँ लगायतले बोलेका थिए ।
पूर्वमन्त्री भण्डारी दमौलीमा
यसैबीच नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्र्वमन्त्री शंकर भण्डारी आज दमौली रहेका छन् ।
दमौलीमा रहँदा पूर्वमन्त्री भण्डारी दमौलीमा रहँदा जिल्ला स्थित नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।




0 Comments
You can be the first one to leave a comment.