दमौली २३ भदौ । व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस हातामा मृत अवस्थामा भेटिएका स्कुले विद्यार्थी पूर्णबहादुर आलेको मृत्युको विषयमा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्ने दुवै जना युवती रहेका छन् । मृतकका आलेका आफन्तको उजुरीको आधारमा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मृतक आलेको हत्या भएको र हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै मृतकका आफन्तजनले मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँ घेराऊ गरेका छन् । त्यसक्रममा दोषीलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने आफन्तजनको माग रहेको थियो । त्यसक्रममा उनीहरुले केहीबेर पृथ्वीराजमार्ग अवरुद्ध समेत पार्ेका थिए ।
यस घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख मोहनकुमार आचार्य बताउँछन् । अनुसन्धान पछि थप जानकारी प्राप्त हुने प्रहरी प्रमुख आचार्यको भनाई रहेको छ ।



0 Comments
You can be the first one to leave a comment.