तनहुँको सदरमुकाम दमौलीका केही उत्साही युवाहरुले सुरु गरेको सयौं हातहरु अभियान अन्ततः एउटा सामाजिक संस्थाको रुपमा दर्ता हुन पुगेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको यो संस्थाले खासगरी राज्यको पहुँच नपुगेको स्थानमा शिक्षा, स्वास्थ्य र विकास निर्माणका कार्यहरुमा विशेष सहयोग गर्ने जनाएको छ । यसका अलावा संस्थाले सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायको हकहितका पक्षमा काम गर्ने जनाएको छ ।
त्यस्तै सुशासन र पारदर्शीतालाई केन्द्रविन्दु बिन्दु बनाएर भ्रष्टचार मुक्त समाज र राष्ट्र निर्माणको अभियान चाल्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले विभिन्न किसिमका चेतनामुलक, क्षमता अभिबृद्धि र उपभोक्ताहरुको हकहितसंग लक्षित कार्यक्रमहरु समेत संचालन गर्ने जनाएको छ सयौं हातहरु नामक संस्थाले जनाए अनुसार संस्थामा आवद्ध हुने सदस्यहरुले प्रत्येक बर्ष प्रदान गर्ने एक हजार रुपैयाँबाट सहयोग गर्ने लक्ष्य राखिएको छ ।
सयौं हातहरुबाट संकलित रकमले सहयोग गर्ने जुन उद्देश्य संस्थाले राखेको छ । त्यो निकै सह्रानीय छ । तसर्थ यो अभियानमा विश्वका जुनसुकै भागमा छरिएर रहेका नेपालीहरु सदस्य बन्दा उत्तम हुने देखिन्छ । संस्थाको स्थापनाको प्रारम्भिक अवस्थालाई हेर्ने हो भने नेपालीहरुले मात्र होइन रोजगारीका लागि कतार पुगेका श्रीलंकाली, बंगाली र फिलिपिनी नागरिकहरुले समेत यो अभियानलाई साथ दिईरहेका छन् ।
यसबाट के प्रस्ट हुन्छ यो अभियान नेपालमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा पुग्ने सम्भावना रहेको छविकसित मुलुकहरुमा हेर्ने हो भने स्कुल तथा कलेजमा अध्यनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर नेपाल जस्ता मुलुकहरुमा रकम पठाउने गर्दछन् । जुन रकम नेपाल जस्ता मुलुकमा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहयोग गर्ने गरिन्छ ।
विकसित मुलुकबाट विद्यार्थीहरुले खाजा खर्च कटाएर पठाएको रकम विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिन्छ भने तपाई हामी देशका नागरिकले बार्षिक एक हजार रुपैयाँ संकलन गरेर आफ्नै देशको शिक्षा, स्वास्थ्य र विकास निर्माणको किन सहयोग नगर्ने ? यो अभियान अत्यन्त सह्रानीय छ । तसर्थ तपाई हामी सबै राष्ट्र निर्माणको यो अभियानमा सहभागी बनौं ।



0 Comments
You can be the first one to leave a comment.