संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणको प्रक्रिया अगाडि बढाएका एकीकृत नेकपा माओवादी सहितका ३० दलीय मोर्चा शक्ति प्रदर्शनमा उत्रिएका छन् । यसरी शक्ति प्रदर्शन गर्ने क्रममा एनेकपा माओवादी सहितको मोर्चाले शनिबार राजधानीमा जुलुस सहित विरोध सभा आयोजना ग¥यो ।
आफूलाई चित्त नबुझेको विषयमा विरोध जनाउनु लोकतन्त्रको मूल्य मान्यता भित्र नै पर्दछ । तसर्थ शनिबार एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आव्हान गरेको विरोधलाई पनि अन्यथा मान्नु हुँदैन । तर एकातिर सहमतिका लागि सुगा रटाई गर्ने अर्को तर्फ विरोधलाई निरन्तरता दिने ३० दलीय मोर्चाको यो कस्तो नौटङकी हो आम नेपाली जनताले बुझ्न सकिराखेका छैनन । त्यतिमात्र होइन ३० दलीय मोर्चाले विरोधको जुन शैली अपनाएको छ ।
त्यसप्रति प्रति पनि प्रश्न चिन्ह खडा हुन पुगेको छ । किनकि लोकतन्त्रमा जनतालाई त्रसित पार्ने हिसाबले कुनै पनि विरोध कार्यक्रमहरु आयोजना गरिदैनन । त्यस्तै विरोध सभामा जुन अभिव्यक्तिहरु सार्वजनिक गरिएका छन् । ति अभिव्यक्तिहरुले समेत जनता थप त्रसित हुन पुगेका छन् । शनिबारकै विरोध सभामा व्यक्त अभिव्यक्तिलाई लिने हो भने मुलुक फेरी द्धन्द्धमा फस्ने भन्ने हो कि चिन्ता आम सर्वसाधारण उत्पन्न हुन थालेको छ ।
यस अर्थमा चिन्ता थपिएको छ आन्दोलनकारीहरुले लठ्ठी मात्र नभई बन्दुक सम्म उठाउने चेतावनी दिईरहेका छन् । १० बर्षेमा बन्दुक उठाउँदा मुलुकको यो हविगत हुन पुग्यो अब फेरी उठ्यो भने के होला निकै सोचनीय विषय बन्न पुगेको छ । त्यसैले यो औचित्यहीन आन्दोलनको स्वरुप परिवर्तन गर्न ३० दलीय मोर्चाहरु लाग्नु पर्दछ । अन्यथा ३० दलीय मोर्चा प्रति नेपाल जनताको विश्वश्सनीयता गुम्न सक्दछ ।



0 Comments
You can be the first one to leave a comment.