ddd
डम्बर अधिकारी

गत शुक्रबार गृहमन्त्रालयबाट ३ हजार थान त्रिपाल लिएर एक सवारी तनहुँका लागि हिडेको थियो ।
उक्त सवारी साधान जिल्ला प्रशासन कार्यालय तनहुँमा पुग्नु पर्ने थियो ।तर गृहमन्त्रालयबाट ३ हजार थान त्रिपाल लिएर हिडेको सवारी साधान सदरमुकाम दमौलीबाट करिब २० किलोमिटर वर डुम्रे बजारमा नै रोकिन पुग्यो । त्यसको एउटै कारण थियो उक्त सवारी साधानमा ल्याइएको त्रिपाल लिनका लागि तनहुँ क्षेत्र नं १ मा एमालेका तर्फबाट पराजित उम्मेदवार रामबहादुर गुरुङगले एमालेका कार्यकर्ता र एमाले निकटका गाविस सचिवहरुलाई डुम्रेमा बोलाएका थिए । सोही अनुरुप एमालेका कतिपय कार्यकर्ता र एमाले निकट गाविस सचिवहरु त्रिपाल लिन डुम्रे समेत पुगेका थिए ।

त्यही बीचमा गृहमन्त्रालयबाट ल्याइएको त्रिपाल बीचमै गायब भएको गाइगुई सुनिन थाल्यो । उक्त गाइगुई स्थानीय प्रशासन सम्म पुग्यो । त्यसपछि प्रशासनले शुरु गरयो बीचमै गायब गर्न लागिएको ३ हजार थान त्रिपालको खोजी कार्य । खोजी कार्य सुरु गरेको केहीबेरमा नै डुम्रे आसपासको क्षेत्रबाट प्रशासनले त्रिपाल नियन्त्रणमा लिई सदरमुकाम दमौली ल्याइ पुरयाएको छ ।

यो काण्ड पर्दाफास भएसगै गृहमन्त्री वामदेव गौतमले एमाले कार्यकर्तालाई त्रिपाल बाँडेको रहस्य खुलासा भएको छ । गृहमन्त्री गौतम ज्यू! सरकारी त्रिपाल के एमाले कार्यकर्तालाई बाँड्न मिल्छ ?यसको जवाफ दिनुहोला ?

 

3 Comments

  1. Thakur Darai says:

    भुकम्प पिडितको नाम माँ आएको चीज पार्टी को नाम माँ बितरण गर्न पाउदैन ।

  2. Lalu Thapa Magar says:

    Kamae khane vado vayo vukampa pani aba teen ta bechera khan lage vane ram bahadurle ta bechena afno karyakartalae badanata payo ni

  3. sundar says:

    khate sala haru j ni garchhan

Leave a Reply to sundar