सत्तासाझेदार काग्रेस र एमाले लगायतका राजनीतिक दलहरुल बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रियबाट अगाडि बढाए पछि असन्तुष्ट बन्न पुगेको एकीकृत नेकपा माओवादी सहितको मोर्चा आन्दोलनमा होमिएको छ । यसरी आन्दोलनमा होमिने क्रममा एनेकपा माओवादीले विभिन्न विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको छ ।
विरोधलाई निरन्तरता दिनेक्रममा एनेकपा माओवादीले मंगलबार राजधानीमा लाठी सहितको जुलुस प्रदर्शन गरेको छ । यद्यपी उक्त जुलुसका सहभागीहरु आफ्ना स्वयंसेवक भएको दावी एनेकपा माओवादीको रहेको छ । तर एनेकपा माओवादीले मंगलबार राजधानीमा जुन शैलीको विरोध प्रस्तुत गरेको छ ।
त्यसले आमसर्वसाधारणमा एक किसिमको त्रास उत्पन्न हुन पुगेको छ । आमसर्वसाधारणलाई त्रसित बनाउने हिसाबले माओवादीले जुन प्रदर्शन गरयो त्यो कुनै पनि हालतमा नेपाली जनताका लागि स्वीकार्य छैन । तसर्थ त्यस्ता गतिविधी एनेकपा माओवादीले त्याग्नु पर्दछ । हो लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार सबैलाई छ ।
तर अधिकार छ भन्दै यस हिसाबले भने गर्नु हुँदैन । अर्कोकुरा एनेकपा माओवादीको उक्त गतिविधीबाट आमसर्वसाधरण त्रसित भएको वर्तमान अवस्थामा आमसर्वसाधरणलाई सुरक्षाको अनुभूति दिलाउने सरकारको दायित्व हो । हेरौ,सरकारले आम सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउछ कि दिलाउदैन । त्यो त भावि दिनले नै देखाउँने छ ।
यही बीचमा एनेकपा माओवादीले फागुन १६ गते राजधानी केन्द्रित आन्दोलन घोषणा गरेको छ । उक्त आन्दोलनमा समेत माओवादीले यही प्रवृति दोहोरयाउने सम्भावना छ । त्यसैले सरकार सम्वेदनशील हुनु जरुरी छ । अन्यथा माओवादीको आन्दोलनले हिंसात्मक रुप लिन कत्तिबेर लाग्ने छैन ।



0 Comments
You can be the first one to leave a comment.