आइतबार राजधानीको वसन्तपुर स्थित ‘ए प्लस’ ट्युसन सेन्टरमा पढ्न गएका दुई छात्रा माथि अज्ञात समूहले एसिड प्रहार गरेको छ । एसिड प्रहारबाट रामेछाप घर भई हाल जैसिदेवल बस्ने १६ बर्षिय संगिता मगर र रौतहट घर भई भिमसेन स्थान बस्ने १५ बर्षिय सीमा बस्नेत गम्भीर घाइते हुन पुगेका छन् ।
पीडित मगर र बस्नेतले बताए अनुसार जम्पर र माक्स लगाएर एक्कासी कक्षा कोठमा छिरेको अज्ञात व्यक्तिले उनीहरु माथि एसिड प्रहार गरेको थियो । राजधानीको मुटुमा मानिने बसन्तपुर त्यसमा पनि एसएलसी परीक्षाको तयारी गरेका विद्यार्थीहरु माथि भएको यो आक्रमणको घटनाले सबैलाई त्रसित बनाएको छ ।
त्रसित नबनाओस् पनि किन ? यहि हिसाबले एसिड प्रहार हुँदै जाने हो भने कोही पनि बाँकी रहने स्थिती देखिदैन । तसर्थ ट्युसन पढ्न गएका छात्राहरु माथि आक्रमणमा संलग्न अपराधीहरुलाई कार्वाही गर्न प्रहरी एकरती पनि चुक्नु हुँदैन । तर घटना भएको चार दिन बितिसक्दा पनि आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले प्रक्राउ गर्न सकिराखेको छैन । घटनामा संलग्न अपधराधी प्रक्राउ नपर्नुमा प्रहरी मात्र दोषी छैन ।
ट्युसन सेन्टर संचालक पनि त्यतिकै दोषी देखिन्छन् । किनकि आफ्नो ट्युसन सेन्टरमा को व्यक्ति आयो को व्यक्ति गयो भनेर ट्युसन सेन्टर संचालकले समेत पहिचान गर्न सकेका छैनन् । त्यसैले घटना हुनुमा ट्युसन सेन्टर संचालक समेत त्यतिकै दोषी देखिन्छन । यदि ट्युसन सेन्टरमा विद्यार्थी बाहेक अन्यलाई प्रवेश निशेषध गरिदिएको भए अवश्य पनि यस किसिमको अप्रिय घटना हुने थिएन । आखिर जे नहुनु थियो त्यो भएरै छाड्यो तैपनि दोषीले उन्मुक्ति पाउनु हुँदैन ।



0 Comments
You can be the first one to leave a comment.