किहुँ २ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले २०७४ को प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अन्तिम निर्वाचन नभएको बताएका छन् ।
अबको ५ बर्ष पछि निर्वाचन हुन्छ त्यसैले काग्रेसका नेता तथा कार्यकर्ताहरु ति चुनावका लागि जनता माँझ जानुपर्ने बताएका छन् । पूर्वमन्त्री भण्डारीले सो कुरा भिमाद नगरपालिकाका वडा नं १ स्थित किहुँमा आयोजित मतदातालाई धन्यवाद दिने क्रममा मंगलबार आयोजित कार्यक्रममा बताएका हुन् । त्यसक्रममा पूर्वमन्त्री भण्डारीले निर्वाचनमा पराजित भएपनि विचलित नहुन काग्रेस कार्यकर्तालाई आग्रह समेत गरेका थिए । निर्वाचनमा पराजित भएपनि जनताको सुखदुःखमा साथ दिन भने नछाड्ने पूर्वमन्त्री भण्डारीको भनाई रहेको थियो । जितेकाले भन्दा बढी काम गर्ने क्षमता हामी संग छ तपाईहरु ढुक्क हुनुहोस् पूर्वमन्त्री भण्डारीले भने ।

साविक क्षेत्र नं ३ का विकासका हिसाबले निकै पछाडि परेको हुँदा यस क्षेत्रको विकासका लागि दिलो ज्यान दिएर लाग्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो । उक्त अवसरमा एमाले परित्याग गरी स्थानीय शिवराज सिग्देल नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।नवप्रवेशी सिग्देललाई पूर्वमन्त्री भण्डारीले सदस्यता प्रदान गरेका थिए ।






0 Comments
You can be the first one to leave a comment.