सेतीमादी संवाददाता
दमौली १६ असार

IMG_0050
जिल्ला कृषि विकास कार्यालय तनहुँको आयोजना र सुनौलो भविष्य कृषि सहकारी संस्थाको सह–आयोजनामा गजौडेमा १३ औ धान दिवस मनाइयो ।
सो कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले शुभारम्भ गरेका थिए । उक्त अवसरमा के.स. भण्डारीले गाउँ–गाउँमा कृषिका सम्भावनाहरु खोजी गरिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै के.स. भण्डारीले कृषि क्षेत्रलाई आधुनिककरण गर्नुपर्नेमा समेत जोड दिएका थिए । कृषि क्षेत्रको विकासका लागि राज्यले समेत विशेष ध्यान दिनुपर्ने के.स. भण्डारीको भनाई थियो । त्यसैगरी के.स. भण्डारीले कलेस्ती गजौडे सडक मार्ग निर्माणका लागि आफूले १५ करोड बजेट माग गरेको समेत के.स. भण्डारीले बताएका थिए । यस विषयमा अर्थमन्त्रालय सम्म प्रकिया अगाडी बढेको के.स. भण्डारीको भनाई रहेको थियो ।

IMG_0026
सुनौलो भविष्य कृषि सहकारी संस्था गजौडेकाका अध्यक्ष बाबुराम खनालको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारी, नेपाली काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, नेकपा एमालेका नेता विद्या ढकाल, एमाले जिल्ला सचिव भगवती न्यौपाने लगायतले बोलेका थिए ।
सो अवसरमा कार्यक्रममका प्रमुख अतिथी देखि उपस्थिती सर्वसाधारणहरु एक अकापसमा हिलो खेलेका थिए । त्यस्तै सो अवसरमा हिलोमा दौड्ने प्रतियोगिता र दोहोरी गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

IMG_0058

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment