दमौली ९ मंसिर ।आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काग्रेस व्यास नगर समितिद्धारा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस तर्फबाट निर्वाचित जनप्रतिनिधी र पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य अमरराज कैनी, जिल्ला सभापति बैकुण्ठ न्यौपाने, निवर्तमान सांसद रामचन्द्र पोखरेल, नगर सभापति शान्तिरमण वाग्ले ,सचिव मोहनकुमार श्रेष्ठ, सचिव चुडामणि दाहाल ,सह—सचिव डम्बर अधिकारीले काग्रेसलाई जिताउन नेता तथा कार्यकर्ता एक भएर लागि पर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रशिक्षक महाप्रसाद हड्खलेले मतदान गर्दा अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराएका थिए ।यसैगरी ट्रेड युनियन काग्रेस तनहुँद्धारा शनिबार नै एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

ट्रेड युनियन काग्रेस तनहुँका सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने प्रमुख अतिथी रहेका थिए । सो अवसरमा पार्टीलाई विजयी गराउन ट्रेड युनियनमा आवद्ध संघसंस्थाका प्रतिनिधीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment