दमौली ११ मंसिर । महामानव विपी कोइराला र लौहपुरुष गणेशमान सिंहपछि प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँको मिर्लुङ आउने भएका छन् ।

प्रजातान्त्रिक योद्धाहरुको भूमि भनेर चिनिने मिर्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि काग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा मिर्लुङ आउन लागेका हुन् । देउवा केही दिन अगाडि काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी चुनावी कार्यक्रममा कविता वाचन गर्दा गर्दे हृदयघातबाट निधन भएका काग्रेसका स्थानीय नेता श्रीभद्र पण्डितको १३ औं दिनको श्रद्धाञ्जली सभामा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment