प्रचण्ड र ओली लोकतन्त्रको खोल ओढेर अधिनायकवादको मञ्जिलमा पुग्न खोजिरहेको पौडेलको भनाई

काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका वडा नं १० नेपाल टारमा आफूलाई लक्षित गरी शनिबार भएको वम आक्रमणको घटना रहस्मय भएको हुँदा यस घटनाको विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरिनुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले शनिबार साँझ दमौलीमा पत्रकार सम्मेलन आयोजना गरि सो कुरा बताएका हुन् । घटना हुनुमा प्रशासनको समेत त्रुटि भएको पौडेलको भनाई रहेको छ । यस किसिमका घटना हुन नदिनका लागि प्रशासनले सर्तकता अपनाउनु पर्ने पौडेलको भनाई रहेको थियो । काग्रेस र आफ्नो लोकप्रियता प्रति अतालिएर आक्रमण भएको समेत वरिष्ठ नेता पौडेलको भनाई रहेको छ । उक्त घटना भएपछि आफू प्रति सहानुभूति राख्ने पार्टीका नेता तथा कार्यकर्ता र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई वरिष्ठ नेता पौडेलले धन्यवाद समेत दिएका छन् ।

त्यस्तै वरिष्ठ नेता पौडेलले यस किसिमका घटनाले लोकतन्त्रको लडाई खतरामा परेको समेत बताएका छन् । त्यसैगरी वरिष्ठ नेता पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लोकतन्त्रको खोल ओढेर अधिनायकवादको मञ्जिलमा पुग्न खोजिरहेको टिप्पणी समेत गरेका छन् । यसैबीच सो घटनाको नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठले समेत घोर भत्र्सना गरेका छन् । यस घटना विचलित नहुन आम काग्रेसका नेता तथा कार्यकर्तालाई सभापति न्यौपानेले आग्रह गरेका छन् ।साथै घटनामा सह्रानीय भूमिका निर्वाह गर्ने सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद र घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत न्यौपानेले गरेका छन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment