
प्रकाश अधिकारी ⁄सेतीमादी
काठमाण्डौं२५ असार । ललितपुरको लगनखेलमा नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का पक्षधरको भेला आज सम्पन्न भएको छ ।
उक्त भेलामा खड्का निकट केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीहरुले सहभागिता जनाएका छन् ।उक्त भेलामा खड्का निकट मानिने नेताहरु केन्द्रीय नेताहरु पुष्पा भूषाल,अजय चौरासिया ,देवेन्द्रराज कंडेल सहभागी थिए । भेलामा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी सहभागी हुने कार्यक्रम भएपनि सदन चलेका कारण सहभागी हुन सकेनन् । त्यस्तै भेलामा सभासद सुशिला चौधरी, नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल , दाङकाका पार्टी सभापति किर्ति बहादुर खड्का ,महाधिवेशन प्रतिनिधीहरु महेश श्रेष्ठ,मिनकृष्ण महर्जन ,रमेश पाण्डे लगायत सहभागी थिए ।
उक्त भेलामा हिन्दू राज्य र पार्टी सभापति शेरबहादुर देउवाले चुनाव अगाडि नेता खड्कालाई खुमबहादुर खड्कासंग गरेको भ्रद सहमति पालना गर्नुपर्नेमा चर्को ढंगले आवाज उठेको थियो । भेलाका सहभागीहरुले भातृसंगठनहरुको महाधिवेशन अगाडि पदाधिकारी मनोनित गर्नुपर्ने त्यसमा पनि खड्कालाई उपसभापति मनोनय गर्नुपर्नेमा जोड दिएका थिए। सो विषयलाई लिएर खड्का निकट केन्द्रीय सदस्यहरुले पार्टी सभापति देउवालाई भेट गर्ने समेत बुझिएको छ । त्यस्तै साउन महिना सुरु भए लगत्तै हिन्दू राष्ट्रको मुद्धालाई समेत सशक्त ढंगले उठाउने छलफल भेलामा भएको बुझिएको छ । यसैबीच भेलाका सहभागीलाई सम्बोधन गर्दे नेता खड्काले पार्टी सभापति देउवाले सभापतिमा निर्वाचित भएको एकहप्तामा आफूलाई उपसभापतिमा मनोनित गर्ने भद्रसहमति गरेको भएपनि पालना नगरेको बताएका थिए ।आफू व्यक्तिगत लाभलाई नभई कार्यकर्ताका हितका लागि पार्टी भित्र लडेको खड्काको भनाई रहेको थियो ।
खड्का निकट केन्द्रीय सदस्य शंकर भण्डारी पार्टी सभापति देउवाले गरेको भद्र सहमति जतिसक्दो छिटो पालना हुनुपर्ने बताउँछन् । यस विषयमा सभापति देउवा गम्भीर हुनुपर्दछ के.स.भण्डारीले भने ।




1 Comment
बाजुराका समाचार अाएमा प्रकाशन गरी दिनुहाेला । सम्पादक ज्यू । अनलाइन हेर्दा राम्रै छ ।