
दमौली १७पुस । नेपाली काग्रेस व्यास नगर समितिको आयोजनामा आइतबार दमौलीमा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो ।
सो कार्यक्रममा काग्रेस केन्द्रीय नेता देखि कार्यकर्ताहरु उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेस विपीको निती र सिद्धान्त अनुसार अगाडि बढेको बताएका थिए । पार्टी भित्र र बाहिरबाट काग्रेसलाई विपीको निती र सिद्धान्त छाड्दै गएको आरोप लागेको छ त्यसमा मेरो पूर्ण असहमति छ वरिष्ठ नेता पौडेलले भने ।
विपीले सधै राष्ट्रियता र देशभिक्तलाई प्राथमिकता राख्नुहुन्थ्यो काग्रेसले पनि त्यसलाई प्राथमिकता राखेको छ वरिष्ठ नेता पौडेलले भने । विपीको निती र सिद्धान्त अनुसार मुलुकको शासन सत्ता सञ्चालन भईरहेको समेत पौडेलको भनाई रहेको थियो । त्यस्तै विपी पछिल्लो समयमा पार्टी भित्र र बाहिरबाट विपीको निती सिद्धान्तलाई बदनाम गर्ने प्रयास भर्इ रहेको समेत पौडेलको भनाई रहेको थियो । त्यस्तै वरिष्ठ नेता पौडेलले निर्वाचनमा पराजित भएपनि आफू एकरती विचलित नभएको पौडेलको भनाई थियो । निर्वाचन जितेपछि केपी शर्मा ओलीले अधिनायकवादी शैलीमा वहुमतका आधारमा राष्ट्रिय सभा गठन गर्न खोजेको समेत पौडेलको भनाई थियो । त्यस विषयमा आफूले खुलेर प्रतिवाद गरेका कारण एकल संक्रमणका आधारमा राष्ट्रिय सभा गठन हुन पुगेको पौडेलको भनाई थियो ।त्यस्तै पार्टीलाई ध्वस्त पार्ने अन्तरघातीहरुलाई क्षमा दिन नसकिने पौडेलको भनाई थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारीले पार्टी भित्रको कमजोरीको सबै भागिदार हुनुपर्नेमा जोड दिएका थिए । पार्टी यो स्थितीमा पुग्नुमा मेरो कति कमजोरी छ त्यसको जिम्मा म लिन तयार छु ,अरुपनि तयार हुनुपर्छ भण्डारीले भने ।त्यस्तै यस्तो पाराले तनहुँमा काग्रेसको संगठन अझै धराशयी बन्ने हुँदा संगठन विस्तारमा सबै एक भएर लाग्नुपर्ने भण्डारीको भनाई थियो । तनहुँमा पार्टीको संगठन मजबुत बनाउने विषयमा कि पौडेल दाई आफै लाग्नु परयो होइन भने मलाई जिम्मा दिनुपरयो भण्डारीले भने । म जिल्लाको कुनै ठाउँमा कार्यक्रममा गएभने पौडेल दाई र अन्य नेताहरुले रिस गर्न भएन भण्डारीले भने । मेरो पार्टी मजबुत बनाउने र जिल्लाको विकास निर्माण बाहेक अरु केही स्वार्थ छैन भण्डारीले भने । त्यस्तै पार्टी भित्र समेत मेलमिलापको खाँचो भएको भण्डारीको भनाई थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्राई र प्रदीप पौडलले समेत पार्टी संगठनलाई मजबुत बनाउन सबै एकभएर लाग्नुपर्नेमा जोड दिएका थिए । पार्टीका नेता तथा कार्यकर्ताहरु भित्र अनुशासनको समेत कमि भएको भन्दै नेताद्धयले चिन्ता व्यक्त गरेका थिए ।त्यस्तै पार्टी सभापति बैकुण्ठ न्यौपानेले पार्टीका नेताहरुले भने आफू दोहोरो जिम्मेवारीबाट टाढा रहने समेत बताएका थिए । एउटा ठोस निर्णय गर्नुपरयो हावाको भरमा पार्टीलाई दोवाटेमा छोड्ने कुरा भएन सभापति न्यौपानेले भने ।
नेपाली काग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य अमरराज कैनी, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल ,जिल्ला उपसभापति जितप्रकाश आले, समानुपातिको सूचीका उम्मेदवारहरु दोवाटे वि.क.,सरिता गुरुङ,अनुशासन समितिका संयोजक रामचन्द्र अधिकारी,पूर्व सांसद झुलबहादुर आले, क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, महिला संघकी सभापति पवित्रा पौडेल, नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल र नगर सहसचिव डम्बर अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव चुडामणि दाहालले गरेका थिए ।



0 Comments
You can be the first one to leave a comment.