भानुमति ७ मंसिर । भानुमतिको मुडिचौतारा र हटियामा बिहिबार नेपाली काग्रेसले चुनावी प्रचार प्रसार अभियान सम्पन्न गरेको छ ।
सो अवसरमा नेपाली काग्रेसको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा उम्मेदवार धु्रव वाग्लेले सम्बोधन गरेका थिए । भानुमति क्षेत्र विकासको हिसाबले निकै पछाडि परेको हुँदा यस क्षेत्रको विकासका लागि आफूहरुले विशेष ध्यान दिने उम्मेदवारद्धय भण्डारी र वाग्लेको भनाई रहेको थियो ।
साविक क्षेत्र नं ३ मा विगतमा एमाले जितेपनि यस क्षेत्रका जनताका लागि सिन्को भाँच्ने काम नगरेको हुँदा यसपटक काग्रेसलाई विजयी गराएको खण्डमा यस क्षेत्रका बासिन्दाले सोचे भन्दा धेरै विकास निर्माण कार्य गरेर देखाईदिने समेत उम्मेदवारद्धयको भनाई रहेको थियो ।
ट्रेड युनियनद्धारा भेला आयोजना गर्ने
दमौली ७ मंसिर । नेपाल ट्रेड युनियन काग्रेस तनहुँले भेला आयोजना गर्ने भएको छ ।
ट्रेड युनियन काग्रेस तनहुँका सभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिएअनुसार भेला ९ गते पार्टी कार्यालयमा आयोजना गरिने भएको छ । सभापति हड्खलले भेलामा सहभागी हुनका लागि सम्पूर्ण मजदुरहरुलाई आग्रह गरेका छन् ।



0 Comments
You can be the first one to leave a comment.