1111
प्रकाश अधिकारी ⁄ सेतीमादी
काठमाण्डौं २० असार । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले भातृ संस्थाको निर्वाचनमा छुट्ै प्यानल उठाउने खुलासा गरेका छन् ।

सेतीमादी दैनिक संगको विशेष कुराकानीमा खड्काले सो खुलासा गरेका हुन् । पार्टीको १३ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गरेका खड्काले महाधिवेशन पछि पार्टी सभापति देउवाबाट महाधिवेशन अगाडि गरेको सहमति कार्यान्वयन नगरेपछि खड्काले भातृ संस्थाको चुनावमा छुट्ै प्यानल उठाउने तयारी गरेका हुन् ।

यसैबीच पार्टी सभापति देउवा र खड्काबीच आइतबार भेटघाट समेत भएको छ । भेटका क्रममा सभापति देउवाले खड्कालाई भातृ संस्थाको चुनावपछि उपसभापतिमा मनोनित गर्ने आश्वसन दिएका थिए ।तर नेता खड्काले सभापति देउवालाई जे गर्न मन लाग्छ गर्नु होला भन्दै देउवा निवासबाट बाहिरिएका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment