
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको दक्षिणी क्षेत्र हुदै छिमेकी जिल्ला चितवन जोडने सहिद बुद्धसिँ मार्गको छिट्टै स्तरउन्नती गरी कालोपत्रे गरिने बताएका छन् ।
हाल सम्म मुग्लीन नारायणघाट सडक खण्डको अहिलको हाल देखिएको समास्याको वैकल्पीक मार्गमा रुपमा यही मार्गलाई बनाउने बताउदै त्यसका लागि घुमाउनेमा निर्माणधिन पक्कि पुललाई छिट्टै नै पुर्णता दिनृ बरिष्ठ नेता पौडेले बताएका छन् । व्यास नगरपालिकाको वडा नं १३ को बेलबासमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गदै नेता पौडेलले जिल्लामा राष्ट्रिय गौरवको आयोजनाहरुले प्रवेश पाएकाले अव जिल्लाको विकासले तिब्रता पाउने बताए । उक्त कोण सभामा तनहुँ क्षेत्र नं १ का प्रदेश सभा २ का उम्मेदवार रघुनाथ पौडेल जिल्ला सचिव विश्व बाँस्तोला लगायतकाले आगामी कांग्रेसकै नेतृत्वमा सुरु भएका विकासका कामहरु कांग्रेसकै नेतृत्वले सम्पन्न गर्नुपर्ने भएकाले आगमी चुनावमा कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए । यस्तै मंगलबार नै बन्दिपुर गाउँपालिका वडा नं ६ को साराङ्गघाटमा भएको चुनावी सभालाई सम्बोधन गदै बरिष्ठ नेता पौडेलले साराङ्गघाटबाट बन्दिपुर निस्कने छम्किेश्वरी,हिलेखर्क धार्मिक तथा पर्यटकिय क्षेत्र संग जोडने बाटोको स्तरउन्नती गर्ने र खानेपानिको समस्या समाधान बरिष्ठ नेता पौडेलले बताए । साराङ्गघाटको कोणसभालाई प्रदेश सभा उम्मेदवार रघुनाथ पौडेल, पुर्व मन्त्री अमरराज कैनी,जिल्ला सचिव विश्व बाँस्तोला, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी जिल्ला कोषाध्यक्ष रेशम गुरुङ्ग स्थानिय नेताहरु सन्तबहादुर गुरुङ्ग, सुनाराम गुरुङ्ग चन्द्रबहादुर गुरुङ्ग लगायतकाले बोलको थिए ।
क्षेत्र नं २ बासीको एउटै गुनासो सुन्दै भण्डारी र पौडेल
तनहुँ क्षेत्र नं २ का स्थानीय बासिन्दाहरुको गुनासो सुन्दै चुनावी अभियानमा घरदैलोमा व्यस्त भएका छन् तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेल । नेता दोय भण्डारी र पौडेललाई गुनासो गर्ने अधिकासं मतदाताहरुले विकास निर्माण कै विषयलाई उठाउने गरेको पाइन्छ । विशेषत साविक क्षेत्र नं ३ मा पटक पटक एमाले उम्मेदवारलाई जिताएर गल्ती गरिएछ । मंगलबार एमाले प्रभावित क्षेत्र मानिएको राइपुर फिरफिरे र भानुमपति क्षेत्रका मतदाताको घरदैलो नेता दोय पुग्दा यस्तै खालका गुनासाहरुको चाङ्गले कांग्रेस उम्मेदवारहरुले घेरेको थियो । त्यसमा पनि बढी गुनासो रहेको छ एमालेको बलियो प्रभाव मानिने राइपुर ,फिरफिरे र भानुमति लगायतका स्थानीय वासिन्दाहरुको । चुनाव प्रचारकै क्रममा नेता दोय भण्डारी र पौडेलले विगतका गल्तीहरुलाई नदोहोराउन आग्रह गर्दै मंसिर २१ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए । आफुहरुले चुनाव जितेर गएपछि यहाँका जनतालाई विकासको अनुभुति हुने खालको काम सबैभन्द पहिले गर्ने उनिहरुले प्रतिबद्धता जनाएका थिए । सो क्षेत्रको चुनावी प्रचार —प्रसार कार्यक्रममलाई काग्रेसका तर्फबाट प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेश सभाको समानुपातिक उम्मेदवार श्यामकृष्ण मल्ल , क्षेत्रीय सभापति किसान गुरुङ, महासमिति सदस्य आनन्द त्रिपाठी, महाधिवेशन प्रतिनिधी कृष्णराज पण्डित , साविक क्षेत्र नं २ का सभापति राजेन्द्रकृष्ण श्रेष्ठ र तरुण दलका जिल्ला अध्यक्ष वीरबहादुर थापा लगायतले बोलेका थिए ।
व्यास ४ र ११ को मतदातको घरमा नेता भट्टराई
नेपाली कांग्रेसका युवा नेता तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टराई व्यास नगर पालिका को वडा नं ४ र ११ नम्बरका मदताको घर दैलोमा भोट माग्न व्यस्त रहेका छन् । मतदाता भेटघाट क्रममा भएको कोण सभालाइ सम्बोधन गर्दै नेता भट्टराईले स्थानीय तहमा व्यास नगरपालिका क्षेत्रका मतदाताले दिएको माया आगामी संघिय सभा तथा प्रदेश सभा चुनावमा पनि देखाउनेमा आफु विश्वस्त रहेको बताएका छन् । कांग्रेसले मात्र युवा कार्यकर्ताहरुको संरक्षण गर्दै आएको र आगामी दिनमा समेत युवाहरुको शिक्षा रोजगारीको ज्ञारेन्टी कांग्रेसले मात्र लिन भट्टराईले बताए । नेपालमा अवको मुद्धा भनेको निशुल्क शिक्षा, स्वास्थ्यमा लगायतका विषयहरु रहेकाले यसलाई पुरा गर्ने जिम्मा पनि नेपाली कांग्रेसकै रहेको बताए । घरदैलो तथा मतदाता कार्यक्रमा महाधिवेश प्रतिनिधि दिपक भट्टराई , श्याम मौराती, जिल्ला आमन्त्रीत जिल्ला सदस्य सुरेश भट्टराई , लक्ष्मीभक्त भक्त खनाल, क्षेत्रीय सचिव नकुल अधिकारी, धिरेस खनाल लगायतकाले बोलेका थिए । यस्तै व्यास ११ को डाँडा गाउँमा एमाले पार्टी परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
घिरिङ्ग र भिमादका विभिन्न वडाहरुमा वाग्लेको कोणसभा
नेपाली कांग्रेसका युवा नेता तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभा २ का उम्मेदवार ध्रुव वाग्ले तनहुँको विकट क्षेत्र घिरिङ्ग र भिमादका विभिन्न वडाहरुमा घरदैलो तथा कोण सभामा व्यस्त भएका छन् । कोण सभालाई सम्बोधन गर्दै नेता वाग्ले ले नवलपरासि , पाल्पा स्याङ्गजा जिल्लाको सिमानमा रहेको यस क्षेत्रको विकास अव कांग्रेसले गर्ने र त्यसका लागि कांग्रेसको रुख चिन्ह्रमा मदतान गरी कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन् । अन्नको भण्डारका रुपमा रहेको यहाँका फाँटहरुलाई सिँचाई्को व्यवस्था कालिगण्डकी नजिक रहेको यस क्षेत्रको जलविद्युत तथा धार्मिक पर्यटनलाई विकास गर्न सकिने धारण नेता वाग्ले ले बताएका छन् । घिरिङ्ग गाउँपालिका वडा नं १ को बैडी , कटहरे, काठेकोट र भिमाद नगरपालिका १ को डुम्रेवेशी लगायकता क्षेत्रहरुका मतदाताहरुको घरदैलोमा भोट माग्न वाग्ले व्यस्त भएका हुन् । कोण सभामा जिल्ला उपसभापति जितप्रकाश आले,पुर्व जिल्ला सदस्य निर्जला अर्याल,क्षेत्रीय सचिव नारायण सिग्देल लगातकाले सम्बोधन गरेका थिए ।



0 Comments
You can be the first one to leave a comment.