निर्र्वाचनको मिति नजिकिदै जाँदा प्रचार प्रसार शैलीले व्यापकता पाउन थालेको छ ।यसै सिलसिलामा विभिन्न राजनीतिक दलहरुले राजधानी लगायत मोफसलबाट प्रकाशित तथा प्रशारण विद्युत्तीय तथा छापा माध्यम मार्फत प्रचार प्रसार अभियान तीब्र रुपमा अगाडि बढाएका छन् ।राजनीतिक दलहरुले सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्न थालेको त्यति धेरै भएको छैन । राजनीतिक दलहरुले परम्परागत शैलीलाई परिवर्तन गर्दे सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्ने जुन शैली अपनाएको छ ।त्यसलाई सकारात्मक हिसाबले हेरिनुपर्दछ ।किनकि यस शैलीले प्रचार प्रसार गर्दा गाउँ —टोल र शहर —बजार विगतमा जुन हिसाबले प्रदुषित बन्ने गर्दथ्यो ।त्यो क्रम रोकिएको छ । यद्यपी पूर्ण रुपमा भने रोकिएको छैन । राजनीतिक दलहरु समय सापेक्ष ढंगले प्रचार प्रसार शैली अपनाउदै गर्दा निर्वाचन आयोगले भने त्यसमा आपत्ति जनाएको छ ।
राजनीतिक दलको प्रचार सामाग्री प्रकाशित र प्रशारण गरेको विषयमा आयोगले आपत्ति मात्र नभई कार्वाहीको चेतावनी समेत दिएको छ । राजनीतिक दलको विज्ञापन प्रकाशित गरेको विषयमा जुन चेतावनी दिएको छ ।त्यो घोर भत्र्सना योग्य छ । किनकि विज्ञापन प्रकाशित गर्न पाउनु सञ्चार माध्यमहरुको नैसर्गिक अधिकार हो । त्यतिमात्र होइन विकसित मुलुकहरुमा हेर्ने हो भने पनि निर्वाचनका समयमा सञ्चार माध्यम मार्फत आफ्ना गतिविधी मतदाता माँझ ल्याउने गर्दछ ।तर हामी किन रोक लगाउन खोजिएको छ । त्यो अत्यन्त गम्भीर विषय हो । आशा गरौ,यस विषयमा निर्वाचन आयोगले अवश्य पनि पुर्नविचार गर्नेछ ।



0 Comments
You can be the first one to leave a comment.