
दमौली २६ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी बिहिबार धन्यवाद ज्ञापनमा व्यस्त रहे।
बिहिबार केन्द्रीय सदस्य भण्डारीले म्याग्दे र भिमादका विभिन्न स्थानमा आयोजित कार्यक्रममा मतदाताहरुलाई धन्यावद ज्ञापन गरेका थिए । ति स्थानमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेपाली काग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं २ अन्र्तगत प्रदेश नम्बर २ का उम्मेदवार धु्रव वाग्ले र पूर्व सांसद झुलबहादुर आले समेत सहभागी भएका थिए ।
धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै के.स. भण्डारीले निर्वाचनमा पराजय भोगेपनि काग्रेस कार्यकर्ताहरुलाई एकरती विचलित नहुन आग्रह गरेका थिए । निर्वाचनमा पराजित भएपनि जनताको भावना अनुरुप विकास निर्माण गर्ने विषयमा विगतको भन्दा बढी सशक्त ढंगले लागि पर्नेमा जोड दिएका थिए । त्यस्तै जितको उन्मादमा कुनै पनि काग्रेस कार्यकर्ता माथि बक्रदृष्टिले हेरिएमा काग्रेस कार्यकर्तालाई सहय नहुने समेत के.स. भण्डारीको भनाई रहेको थियो ।






0 Comments
You can be the first one to leave a comment.