सेतीमादी संवाददाता
पौष ७ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली लोकतन्त्रको प्रक्रिया अनुसार नभइ दमकबाट फड्केर सिंहदरबारको कुर्सी सिंहसनमा बस्न खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले वाम गठबन्धनका नेताहरु लोकतन्त्रको पद्धति मिच्च खोचेको पनि आरोप लगाएका छन्।
राष्ट्रिय सभा र प्रतिनिधि सभा पुरा भएपछि मात्र संविधानमा लेखिए अनुसार नयाँ सरकारको बाटो खुल्ने बताएका छन् ।सो कुरा वरिष्ठ नेता पौडेलले विभिन्न कार्यक्रममा बताउदै आईरहेका छन्।केही दिन अगाडि मतदातालाई धन्यवाद दिन जिल्ला आउदा समेत पौडेलले सो कुरा बताएका थिए।वाम गठबन्धनका नेताहरुको विभिन्न अभिव्यक्तिले लोकतन्त्र माथि नै शंका गर्नु पर्नु स्थिति रहेको उनको भनाई थियो। नेपाली कांग्रेस जनताको मतको कदर गर्न पार्टी भएको हुदा संधै जनताको अधिकारको सम्मान गर्ने पनि पौडेलको भनाई रहेको थियो ।




0 Comments
You can be the first one to leave a comment.