दोस्रो चरणको निर्वाचनको मिति आउन अब एक साता मात्र बाँकी रहेको अवस्था छ । निर्वाचन हुन एकसाता मात्र बाँकी रहँदा एकपछि अर्को आक्रमण र विस्फोटका घटनाहरु हुनेक्रम बढ्दै जान थालेको छ । यसै सिलसिलामा दाङमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको चुनावी सभामा विस्फोटको घटना हुँदा सुरक्षामा खटिएका एक म्यादी प्रहरीको मृत्यु हुन पुगेको छ भने अन्य ८ जना घाइते भएको अवस्था छ । त्यस्तै बुधबार उदयपुरमा विस्फोटको घटना हुँदा काग्रेस उम्मेदवार नारायणबहादुर कार्की सहित अन्य ७ जना नेपाली काग्रेसका कार्यकर्ताहरु गम्भीर घाइते हुन पुगेका छन् । यि त भए दुई दिनको अवधिमा भएका आक्रमण र विस्फोटक घटनाहरु ।यस किसिमका घटनाहरु हरेक दिन देशका कुनै न कुनै भागमा दोहोरिएको अवस्था छ । यि आक्रमण र विस्फोटका घटनाले के संकेत गरिरहेको छ भने निर्वाचनको दिनसम्म अझ गम्भीर प्रकृतिका घटनाहरु हुने सम्भावना बढ्दै गईरहेको छ ।यस्तो अवस्थामा निर्वाचन सम्पन्न गराउन त्यति सहज छैन ।तसर्थ आक्रमण र विस्फोटको घटनालाई मध्यनजर गर्दे सुरक्षा रणनीतिमा परिवर्तन गर्नु जरुरी देखिन्छ ।
खासगरी यतिखेर आक्रमण र विस्फोटका घटनामा विप्लव नेतृत्वको माओवादीको संलग्नता रहेको सुरक्षा स्रोतको अनुमान रहेको छ । सोही अनुमान अनुरुप प्रशासनले विप्लव नेतृत्वको माओवादीका नेता तथा कार्यकर्ताहरु माथि निगरानी समेत बढाई रहेको अवस्था छ । तैपनि आक्रमण र विस्फोटका घटनाहरुमा भने कमी आएको अवस्था छैन । यथास्थितीमा सर्र्वसाधारणहरु मतदान गर्न जान निकै त्रसित भईरहेको अवस्था छ ।त्यसैले सुरक्षा व्यवस्था सुदृढ गर्ने विषयमा प्रशासनको ध्यान पुग्नु जरुरी देखिन्छ ।



0 Comments
You can be the first one to leave a comment.