26803629_2114108565271732_1468181212_n
दमौली २८ पुस । पूर्वमन्त्री शंकर भण्डारीले जनताको सुखदुःखमा साथ दिने पार्टी काग्रेस नै भएको बताएका छन् ।

26793680_2114108408605081_1796243095_n

काग्रेसले इतिहासमा यो भन्दा कठिन घडी सामना गरेर आएको हुँदा कार्यकर्ताहरु निर्वाचन हार्देमा विचलित भई हाल्नु पर्ने अवस्था नरहेको समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले तनहुँ क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिनेक्रममा शुक्लागण्डकी नगरपालिकाको वडा नं १२ मा आयोजित कार्यक्रममा बताएका हुन् ।

26754849_2114108165271772_1340122235_n

निर्वाचनमा पराजय भोगेपनि जनताको माँझ विकास लिएर आउने विषयमा एकरती पनि कमी नहुने पूर्वमन्त्री भण्डारीको भनाई रहेको थियो । त्यस्तै विजयको उन्मादमा वाम गठबन्धनका कार्यकर्ताले काग्रेस कार्यकर्ता माथि वक्रदृष्टि हेरेमा काग्रेस पार्टी र आफूलाई स्वीकार्य नहुने भण्डारीको भनाई थियो । कार्यकर्तालाई सम्बोधनका गर्दे भण्डारीले भने हिजो जुन उच्च मनोबलका साथ हिड्नु हुन्थ्यो भोली हिड्नुस कसैको डर धम्की र त्रास डराउनुपर्देन । कसैले डर ,धम्की र त्रास देखाए तत्काल मलाई फोन गर्नु तपाईहरुको सुरक्षाको जिम्मा म लिन्छु पूर्वमन्त्री भण्डारीले भने ।26753992_2112908998725022_1409012559_n

त्यस्तै पूर्वमन्त्री भण्डारीले पार्टी भित्रका मनमुटाबका विषय समेत अन्त्य गर्दे जानुपर्नेमा जोड दिएका थिए । उक्त धन्यवाद कार्यक्रममा ठूलो संख्यामा काग्रेस कार्यकर्ताहरुको उल्लेख्य सहभागगिता रहेको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment