photo-3

दमौली ३ वैशाख । नेपाल तरुणदलको चौथो केन्द्रीय महाधिवेशनको मिति तोकिए सगै तरुण दलमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ ।

यसैक्रममा तनहुँका तरुण नेता शेरजङ गुरुङले तरुण दलको केन्द्रीय सदस्यका लागि  आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका गुरुङ सोही अनुसार तयारीमा समेत जुटेका छन् । तरुण नेता गुरुङ उम्मेदवारी घोषणा सगै केही दिन पछि प्रचार प्रसारका लागि देश दौडाहमा निस्कने भएका छन् । गुरुङ नेविसंघ हुँदै तरुण दलको राजनीतिमा सक्रिय रहेका छन् ।

नेपाल तरुण दलको महाधिवेशन भदौ २४ देखि २६ सम्म हुने भएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment