26175488_1560405930706432_1623787945_n

दमौली १५ पुस । आँवुखैरेनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पञ्चमान गुरुङले काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई ५ बर्ष पछाडि तनहुँ क्षेत्र नं १ मा चुनाव लड्न आएमा जिताएर पठाइदिने बताएका छन् ।

 

26233878_1560424060704619_914931022_n

वडा नं ५ का वडा अध्यक्ष पञ्चमान गुरुङ

२०७० को चुनावमा पनि हामीले जिताएर पठाएका हौं । तर दुरभाग्य अहिले क्षेत्र नं २ बाट चुनाव लड्नु भयो हामीले जिताउने अवसर पाएनौं गुरुङले भण्डारीलाई भने । गुरुङले यसो भन्दै गर्दा भण्डारीले यसपटक पनि आफ्नो भित्रि इच्छा क्षेत्र नं १ बाट नै चुनाव लड्ने भएपनि पार्टीको निर्देशन अनुसार क्षेत्र नं २ मा चुनाव लड्न गएको बताएका थिए । आगामी निर्वाचनमा पार्टी क्षेत्र नं १ बाट चुनाव लड्ने निर्देशन आफू तयार रहेको भण्डारीको भनाई रहेको थियो ।क्षेत्र नं १ मा आफ्नो धेरै रगत र पसिना बगेको हुँदा क्षेत्र नं १ मा काग्रेसले हार्दा अत्यन्त दुःख लागेको भण्डारीको भनाई रहेको थियो । तैपनि क्षेत्र नं १ का काग्रेस कार्यकर्तालाई विचलित नहुन भण्डारीले आग्रह गरेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment