13599013_1060276497386047_1803194789_n

प्रकाश अधिकारी काठमाडौ २३ गते ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्का निकट नेताहरूको वृहत् भेला हुने भएको छ।नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सकिएको चार महिना बितिसक्दा पनि पुर्व सहमति अनुसार आफूलाई उपसभापति मनोनीत नगरेको भन्दै खड्का देउवा संग रुष्ट भएका छन् ।

खड्कालाई देउवाले सल्लाह गर्नु छ भन्दै केहि दिन अगाडि आफ्नै निवास बुढानिलकण्ठ बोलाएर भातृ संगठनको महाधिवेशन पछि निर्णय गरौंला भनेपछि जेसुकै गर्नुस् भन्दै खड्का निस्किएका थिए ।कांग्रेसको विधानमा २ महिना भित्र पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनीत गर्नुपर्ने भएपनि देउवाले अहिलेसम्म मनोनीत गर्ने नसक्दा देउवाको आलोचना बढ्न थालेको छ।

 

महाधिवेशन अगावै उपसभापति बनाउने सहमति पालना नगरेको भन्दै खड्का निकट नेताहरूले पनि बोल्दै आइरहेका छन।पाटी भित्र प्रभावशाली नेता खड्का निकट नेताहरूको भेला शनिबार बोलाइएको स्रोत बताउछ।खड्का निकट मानिने केन्द्रीयहरूहरू,सांसदहरू,महासमिति सदस्यहरू तथा खड्काका बिश्वासशीला नेताहरू भेलामा आउने स्रोत बताउछ

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment