निर्वाचनको मिति नजिकिदै जाँदा तनहुँको क्षेत्र नं २ मा काग्रेस प्रवेशको लहर चलेको छ ।

यसक्रममा शनिबार जामुने र थर्पुमा आयोजित चुनावी कार्यक्रममा ५० जना भन्दा बढी वाम गठबन्धन र राप्रपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् । वाम गठबन्धन र राप्रपा परित्याग गरी नेपाली काग्रेस प्रवेश गर्नेहरुलाई नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले काग्रेस प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै भण्डारीले काग्रेसमा ऊर्जा थपिएको बताएका थिए ।साथै नवप्रवेशीहरुलाई काग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट हार्दिक स्वागत समेत गरेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment