साँखे ३ मंसिर । नेपाली काग्रेसले तनहुँले आइतबार तनहुँको क्षेत्र नं २ का विभिन्न स्थानमा चुनावी प्रचार— प्रसार तथा घर दैलो अभियान गरेको छ ।

यसक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं ११ को जरवरे ,पाल्पाली छाप , कालिकोट, साँखे, ठामडाँडा , विसौनी, अलौचे लगायतका स्थानमा प्रचार —प्रसार अभियान आयोजना गरियो । ति स्थानमा आयोजना गरिएको चुनावी प्रचार —प्रसार कार्यक्रममा प्रतिनिधी सभा उम्मेदवार शंकर भण्डारी र प्रदेश सभा उम्मेदवार प्रदीप पौडेल सम्बोधन गरेका थिए । उम्मेदवारद्धयले यस क्षेत्रको समग्र विकासमा ध्यान दिनेमा जोड दिएका थिए । चुनावी प्रचार —प्रसार कार्यक्रममा समानुपातिक उम्मेदवार श्यामकुमार मल्ल, क्षेत्रीय सभापति किसान गुरुङ, तरुण दलका जिल्ला अध्यक्ष वीर वहादुर थापा , तरुण दलका प्रतिनिधी शेरजंग गुरुङ र वडा नं ११ का सभापति भिमबहादुर थापा लगायतले बोलेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment