23231256_1523039491116152_3585003966527012197_n
दमौली ५ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी भोली गृह जिल्ला आउने कार्यक्रम रहेको छ ।

के.स. भण्डारी जिल्लाका मतदाताहरुलाई धन्यवाद दिन गृह जिल्ला आउन लागेका हुन् । भण्डारीको पहिलो कार्यक्रम आँबुखैरेनीमा बिहान १० बजे रहेको छ ।आँबुखैरेनीको कार्यक्रम सकिए लगत्तै भण्डारी वरादी,याम्पा, डुम्रे र दमौलीमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै भण्डारी खैरेनीटार र दुलेगौंडामा आयोजित भेटघाट कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ । निर्वाचनमा पराजय भोगेपनि भण्डारीले समानुपातिक भन्दा करिब २ हजार बढी मत ल्याएका थिए । भण्डारीले ल्याएको मतलाई वाम गठबन्धनका कार्यकर्ताहरुले समेत निकै प्रशंसा गरेको अवस्था रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment