तनहुँ क्षेत्र नं १ मा पराजय भोगेका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपनि राष्ट्रिय सभामा जाने तयारी गरिरहेको भन्ने चर्चा यतिखेर गृह जिल्लामा निकै चल्न थालेको छ ।
वरिष्ठ नेता पौडेलको विषयमा यो चर्चा चलेसगै यो हल्ला कि वास्तविकता हो भनेर यतिखेर निकै चासोका साथ हेरिन थालेको छ। यो विषयमा वरिष्ठ नेता पौडेलले भने मुख खोलिसकेको अवस्था छैन । यता काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय नम्बर २ ले पौडेललाई राष्ट्रिय सभामा जाने बाटो खुलेको छ । उक्त निर्णयमा पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने सकिने उल्लेख गरिएको छ । पौडेलसगै विमलेन्द्र निधीलाई राष्ट्रिय सभामा जाने बाटो खोलेको छ।




0 Comments
You can be the first one to leave a comment.