k1

प्रकाश अधिकारी ⁄ सेतीमादी
काठमाण्डौं २५ असार । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले आफूसंग पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचित भएको एक हप्ता भित्र उपसभापतिमा मनोनित गर्ने भद्र सहमति गरेको खुलासा गरेका छन् ।

काग्रेस नेता खड्काले सो खुलासा आज ललितपुरमा आफू निकटका नेता तथा कार्यकर्ताहरुको भेलामा गरेका हुन् । ‘पार्टी सभापति देउवाले निर्वाचित भएको एक भित्र मलाई उपसभापतिमा मनोनित गर्ने सहमति गर्नुभएको थियो तर आजसम्म गर्नु भएको छैन ।’नेता खड्काले भने । सहमति पालना नभएपछि आफूले बाध्य भएर भेला आयोजना गर्नुपरेको समेत खड्काले बताएका थिए ।

4

त्यस्तै भेलामा नेता खड्काले भातृसंगठनको महाधिवशेन अगाडि पदाधिकारी मनोनित गर्नलाई पार्टी सभापति देउवालाई चेतावनी दिएका छन् ।अन्यथा पार्टी सभापति देउवा संगको सम्बन्ध अगाडि नबढ्ने नेता खड्काको भनाई रहेको थियो ।त्यस्तै भेलामा नेपाल हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मुद्धालाई राष्ट्रव्यापी रुपमा अगाडि बढाइने जानकारी समेत नेता खड्काले दिएका थिए ।

1

भेलामा खड्का निकट केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीहरुले सहभागिता जनाएका छन् ।उक्त भेलामा खड्का निकट मानिने नेताहरु केन्द्रीय नेताहरु अजय चौरासिया ,देवेन्द्रराज कंडेल सहभागी थिए । भेलामा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी सहभागी हुने कार्यक्रम भएपनि सदन चलेका कारण सहभागी हुन सकेनन् । त्यस्तै भेलामा सभासद सुशिला चौधरी, नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल , दाङकाका पार्टी सभापति किर्ति बहादुर खड्का ,महाधिवेशन प्रतिनिधीहरु महेश श्रेष्ठ,मिनकृष्ण महर्जन ,रमेश पाण्डे लगायत सहभागी थिए ।

 

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment