आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा देशव्यापी रुपमा निर्वाचन आचार संहिताका उल्ङघन हुने क्रम जारी रहेको छ । यसरी आचार संहिता उल्ङघन हुने क्रममा सरकारी कार्यालय , धार्मिक स्थल र सार्वजनिक स्थलहरुमा राजनीतिक दलहरु पार्टी र उम्मेदवारका प्रचार सामाग्रीहरु व्यापक रुपमा राखेको पाइएको छ ।त्यस्तै राजनीतिक दल र तिनका उम्मेदवारहरुले माइकिङ गरेर आचार संहिता उल्ङघन गरिरहेका छन् । तनहुँकै हकमा हेर्ने हो भने पनि प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही र आँबुखैरेनीमा वाम गठबन्धनले आचार संहित उल्ङघन गरेको अवस्था छ ।त्यस्तै बेलबास लगायतका स्थानमा नेपाली काग्रेसले आचार संहिता उल्ङघन गरेको अवस्था छ ।त्यसैरी विभिन्न राजनीतिक दलहरुले सदरमुकाम दमौली लगायत ग्रामीण भेगमा माइकिङ मार्फत प्रचार —प्रसार गरिरहेको अवस्था छ । यसरी खुलेआम आचार संहिताका घटना भईरहँदा ति घटनाहरुलाई रोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले विशेष ध्यान दिनुपर्दछ । अन्यथा आचार संहितका घटना अझ बढ्दै जाने सम्भावना देखिन्छ ।

यही बीचमा निर्वाचन आचार संहित पालनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले चुनावी मैदानमा उत्रिएका राजनीतिक दलका प्रतिनिधीहरुलाई बोलाएर मंसिर ७ गते भित्र निर्वाचन आचार संहिता विपरित राखिएका प्रचार सामाग्री हटाउनका लागि निर्देशन दिएको छ ।अन्यथा आयोगले नै हटाउने जनाएको छ । निर्वाचन आचार संहिता घटना रोक्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुन निर्देशन दिएको छ ।त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ । किनकि यस किसिमको निर्देशनले दलहरुलाई आचार संहिता पालनामा नैतिक दबाब पर्ने देखिन्छ । हेरौ, मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्देशन पछि आचार संहिता उल्ङघनाका घटनामा कत्तिको कमी आउँछ त्यो त निर्चन वाअवधिले नै देखाउँने छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment