kiran
नेकपा एमालेका प्रदेश संयोजक एवं तनहुँ प्रतिनिधि सभा २ प्रदेश सभा २ का उम्मेदवार किरण गुरुङ्गले बामपन्थीले देशको नेतृत्व गरिसकेपछि आगामी ५ वर्ष भित्र देशले काँचुली फेर्ने दावी गरेका छन् ।
हरेक आन्दोलन र परिवर्तनको नेतृत्व बामपन्थीले गरेको भन्दै उनले देशमा उद्योगधन्दा र कलकारखानाको स्थापना गर्ने र स्थापना भैसकेकोलाई मर्मत तथा संरक्षण गरि देशलाई अग्रगमन तर्फ लैजाने बताए ।
तनहुँको भिमाद नगरपालिका वडा नम्बर ३ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले कांग्रेसले नै अस्तित्व खतरामा पारेको बताए । २००६ सालमा एउटामात्र कम्युनिस्ट पार्टी भएको बताउँदै अब सबै कम्युनिष्टहरु मिल्ने दाबी समेत उनले गरे ।
अहिले बनेको गठबन्धन अधिनायकवाद तर्फ नभई देश निर्माणको लागि भएको उनको भनाई थियो । प्रदेश नम्बर ४ को मुख्य मन्त्रीको दावेदर समेत रहेका गुरुङले कांग्रेस अस्तित्व अब समाप्त तर्फ उन्मुख रहेको बताए ।
व्यास ५ मा बामगठबन्धनको घरदैलो
मंसिर ५ ।
तनहुँ प्रतिनिधि सभा २ का बामगठबन्धनका उम्मेदवार केदार सिग्देल र प्रदेश सभा १ का उम्मेदवार आशा कोइरालाले मंगलबार व्यास नगरपालिका ५ मा घरदैलो गरेका छन् । उम्मेदवारहरुले व्यास ५ को पतेनी, कन्टार र चापाघाटमा घरदैलो तथा सभा गरेका हुन् ।
सो अवसरमा सिग्देल र कोइरालाले नेपालको मौलिक लोकतान्त्रिक क्रान्तिको उपलब्धिको रक्षा र विकास गर्नका लागि बामपन्थीको जित आवश्यक रहेको बताए । उनीहरुले सबै घरमा विजुली र सबै घरमा पानीको व्यवस्था, श्रमिक वर्गको हकहितको ग्यारेण्टी, गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी कार्यान्वयन गर्नका लागि आफूहरुको जित आवश्यक रहेको बताए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment